झापामा भारी वर्षा, मकैबालीमा क्षति, सतर्क रहन आग्रह


५ असार २०८१, मंगलवार ०७:४५ मा प्रकाशित

झापा । झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ। वर्षासँगै आएको बाढीले मकै बालीमा क्षति पुगेको छ।

बिहानैदेखिको भारी वर्षाका कारण पछिल्लो चार घण्टामा झापाको दमक, कनकाई र अनारमनी वीरता वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।

थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भएर बहने स–साना खोलाहरूमा बहाव बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

तीन दिनयता लगातार परेको पानीको कारण कनकाई माई खोलामा आएको बाढीले झापा गाउँपालिकामा मकैबाली नष्ट भएको छ।

झापा-२ सुगाबथान टोल नजिकमा स्थानीय कृषकले अन्दाजी ५० बिघामा लगाएको मकै खेतीमा पानी पसेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here