मनसुनी बर्षाका कारण झापामा हुन थाल्यो क्षति, डुबान र कटानले सर्वसाधारण विस्थापित हुँदै


५ असार २०८१, मंगलवार २०:४० मा प्रकाशित

झापा । केही दिनदेखि पूर्वी नेपालमा सक्रिय मनसुनी बर्षाले पूर्वी नेपालको झापामा क्षति गर्न थालेको छ।

विगत केही दिनदेखिको भारी बर्षाका कारण झापालगायत पूर्वी तराईका केही भागमा डुबान तथा कटानका खबरहरू आएका छन्।

अविरल वर्षाका कारण बिरिङ खोलाको बाढी पस्दा झापा गाउँपालिकाका चार परिवार बिस्थापित भएका छन्।

बिरिङ खोलाको पानी पस्दा अन्दाजी ३ फिट डुबान भएपछि झापा गाउँपालिका वडा नं. ६ युवाटोल बस्ने दिपक आचार्य, सिता दुलाल, प्रदिप सिंह र नविन बराइलीको परिवार बिस्थापित बनेका हुन्।

ती परिवार विस्थापित भइ सोही ठाउँ बस्ने केदार श्रेष्ठको खाली घरमा बसेको प्रहरी चौकी शरणामतिले जनाएको छ।

झापाको अर्जुनधारामा पहिरोका कारण एक परिवार बिस्थापित भएका छन्।

अर्जुनधारा नगरपालिका २ को लाप्चेटारमा माथिबाट पहिरो खसेर पुष्पा समाल मगरको घर पुरेर क्षति पुर्याएको हो। सो घरका सदस्यहरुलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ।

अर्जुनधारा १ मा खानेपानी मुहानमा पनि बाढीले क्षति पुर्याएको छ। अर्जुनधारा २ रातेमा मदन भण्डारी मार्ग उत्तर १० घर डुबानमा परेका छन्।

लाप्चेटार सहकाले जाने बाटो पूर्ण अबरोध भएको र केही ठाउँमा खेतीयोग्य जमिन गोयाङ र टाङटिङ नदीले कटान शुरु गरेको छ।

अर्जुनधारा ३ मा सुखानी खोलाको कज्बेमा पूर्णरुपमा क्षति पुगी यातायात आवतजावतमा पूर्णरुपमा बन्द भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here