नगरसभामा पार्टीको धङधङी बोकेर नआउनू– मेयर बालेन


३ असार २०८१, आईतवार ११:३७ मा प्रकाशित

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन नगरसभाका सदस्यलाई आग्रह गरेका छन्।

आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको उल्लेख गर्दै नगर सभामा सबै सदस्यलाई बोल्ने र निर्णय गर्ने समान अधिकार रहेको स्पष्ट गरेका छन्।

काठमाडौँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन। जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ ।

यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ, मेयर बालेनले लेखेका छन्, नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रुपमा रहँदैन ।

१६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौँ महानगरपालिकाले गर्दैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here