भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियोः सांसद राणा


१ असार २०८१, शुक्रबार १७:३४ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जंगबहादुर राणाले भारतीय पर्यटकहरुलाई नेपालमा डाकाको जस्तो व्यवहार गरिएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले भारतीय पर्यटकहरु भूमार्ग हुँदै नेपालमा आउँदा डाँकाको जस्तो व्यवहार गरिएको बताउनुभएको हो । उहाँले भारतीय पर्यटकहरुलाई कडाइपूर्वक चेकिङ गरिने गरेको बताउनु भयो ।

उहाँले पर्यटकहरुलाई इज्जतका साथ स्वागत गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले भारतीय नोट हजार र पाँच सयको ल्याएमा सशस्त्र प्रहरीले बोर्डरमै दुव्र्यवहार गर्ने गरेको भन्दै त्यस्तो नहुने व्यवस्था मिलाउन प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here