फैसलाको पूर्णपाठ आएपछि दुर्गा प्रसाईंले भने- सर्वोच्च अदालतले न्याय दियो


२४ जेष्ठ २०८१, बिहीबार २०:१७ मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा स्थापित बिएण्डसी अस्पतालले मेडिकल कलेज सञ्चालन गर्न दिन सर्वोच्च अदालतले सरकार, विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगलाई परमादेश जारी गरेपछि अस्पतालका सञ्चालक दुर्गा प्रसाईं आफूलगायत पूर्वका सर्वसाधारण जनताले न्याय पाएको प्रतिक्रिया दिएका छन्।

बिहीबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै प्रसाईंले सर्वोच्च अदालतले १३ बर्षदेखिको पीडा र छट्पटीको अन्त्य गरिदिएको भन्दै खुशी व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘यो देशमा न्याय मरेको छैन भन्ने प्रमाण आज हामीले पाएको बिएण्डसी मेडिकल कलेजको सम्बन्धनको पूर्णपाठले स्पष्ट पारेको छ। यस कलेजलाई लिएर १३ बर्ष देखिको पीडा र छट्पटीको अन्त्य गर्ने गरी आएको श्री सर्वोच्च अदालतको फैसला र न्याय दिनुहुने श्रीमान माननीय न्यायाधिशद्वय डा. कुमार चुडाल र सारंगा सुवेदीलाई हृदयदेखि हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्दछु। साथै यो न्याय बिएण्डसी मेडिकल कलेजले मात्र नभएर मेची अञ्चल बासीले पाएको न्याय हो।‘

सर्वोच्चले यसै बर्षदेखि एमबीबीएसका कक्षा सञ्चालन गर्न पाउनेगरी १५ दिनभित्र स्वीकृती प्रदान गर्न परमादेश दिएको छ। अदालतको फैसलामा भनिएको छ, ‘अतः यसै निवेदन साथ लगाउमा रहेको ०७६-८०-१०७३ को रिट निवेदनमा लिइएका आधार प्रमाण एवं भएको विवेचना समेतका कारणबाट उक्त राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ७ को उपनियम (१), (३) र (४) निवेदकका हकमा आकर्षित नहुने हुँदा निवेदक कलेजलाई १५ (पन्ध्र) दिनभित्र यसै शैक्षिक शत्र देखि एम.वि.वि.एस.को विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गर्न पाउने गरी सम्बन्धन प्रदान गर्नु गराउनु भनी प्रत्यर्थीहरु काठमाडौं विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोग समेतका प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ।’

हेर्नुहोस् आदेशको पूर्णपाठः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here