विद्युतीय सामग्रीको प्रयोग बढाउन उपसभामुखको आह्वान


२३ जेष्ठ २०८१, बुधबार १५:३९ मा प्रकाशित

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले विद्युतीय सामग्रीको प्रयोग बढाउन आह्वान गर्नुभएको छ ।

बुधवार विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले जलवायु परिवर्तनको असर दिन प्रतिदिन बढिरहेको भन्दै असर न्युनिकरणका लागि सबैले पहल गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले हरेक दिनचर्यामा जलवायु परिवर्तन कम गर्ने कार्यमा लाग्नुपर्ने बताउनु भयो । उहाँले अहिले हिमालमा हिउँ पर्न छोडेको, हिमालहरु पहाड बन्दै गएको, उर्वराशक्तिमा ह्रास आउनुले जलवायु परिवर्तनको असर कस्तो छ ? भन्ने अनुमान गर्न सकिने बताउनु भयो । उहाँले जलवायु परिवर्तनका असर कम गर्न एक्शन प्लान बनाएर काम गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज सेतो हिमाल कालो भइरहेको छ । आज लालीगुराँस मुर्झाइरहेको छ । आज ती कोयलीका सुरिला स्वरहरु सुनिन छोडिसके । त्यस्तै गरेर पहाड, पर्वतमा हराभरा बोटबिरुवा र फुलेका फूलहरु अहिले फुल्न छोडिसके । किनभने अहिले जलवायु परिवर्तनका कारण तापले गर्दा हामीलाई ति फूलहरु मुर्झाएका छन् । हाम्रो सिस्नु र कोदोका रोटीहरु खान पाइँदैन । किनभने उमार्नै सकेका छैनौँ । त्यसैले अहिले एक्शन लिएर नगरे कहिले गर्ने । निलो तालहरु अहिले हामीले देख्न सक्दैनौँ । त्यसैले हामीले अहिले एक्शन लिएर काम गर्नुपर्छ । हामीले हरेक दिनचर्यामा क्लाइमेट चेक्न्जको एक्शन गर्नुपर्छ । हामीले हाम्रो भान्सामा विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्छ । हामीले जलवायु परिवर्तनलाई न्युनिकरण गरेर लैजानुपर्छ ।’

उपसभामुख रानामगरले बाँसका सामग्री, माटोको भाँडाहरुको प्रयोग बढाएर प्लास्टिकहरुको प्रयोग कम गर्न आह्वान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here