गृहमन्त्री हुकुमी हुनुभयोः साँसद खतिवडा


२० जेष्ठ २०८१, आईतवार १८:३२ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतविडाले ट्राफिक कारबाहीमा परेकाहरुलाई सडकमा स्वयंसेवा गर्न लगाउने कामलाई रोक्न माग गर्नुभएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराएको भन्दै सो काम तुरुन्त रोक्नुपर्ने बताउनुभएको हो ।

उहाँले मुलुकलाई कानूनी शासन अनुसार चलाउनुपर्ने भन्दै कानून बिना त्यसरी मानिसलाई सडकमा ल्याउन नहुने बताउनु भयो । उहाँले कानून बनाएर मात्रै सो काम गर्न आग्रह गर्नुभयो । उहाँले गृहमन्त्रीलाई पत्रकार हुँदाजस्तो बोलेर र ट्वीट गरेर मुलुक नचलाउन पनि आग्रह गर्नुभयो ।

उहाँले मिडिया ट्रायल गरेर मुलुक नचलाउन भन्दै यस सम्बन्धमा सभामुखको रुलिङको समेत माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here