लागू औषधसहित वीरगञ्जमा एकजना पक्राउ


१ श्रावण २०७६, बुधबार १३:४६ मा प्रकाशित

वीरगञ्ज । शरीरमा लुकाएर ल्याउँदै गरेको लागू औषधसहित वीरगञ्जमा एकजना पक्राउ परेका छन् ।

चितवन भरतपुर महानगरपालिका वडा नं २६ बस्ने ३७ बर्षीय राजु सिटौला पक्राउ परेका हुन् । शरीरमा लुकाएर लागूऔषध भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा बुधबार बिहान वीरगञ्ज महानगरपालिका-१६ भन्सार मुलगेटबाट पक्राउ परेका हुन् ।

उनको साथबाट डाइजेल्याब, नोफिन, फेनारगन १५÷१५ गरी ४५ वटा ट्याबलेट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here