काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले बाढीपहिरो तथा डुबान पीडितका लागि सहयोग रकम संकलन गरेको छ ।
बुधबार काठमाडौंका नेपालटार, बाइपास, माछापोखरी लगायतका ठाउँमा सहयोग संकलन गरिएको हो । नगद र जिन्सी सहयोग गरिएको नेविसंघका निबर्तमान केन्द्रिय सदस्य शुशिल भट्टले बताएका छन् । सोमबार ४९ हजार ५ सय ७१ रुपैँया नगद र जिन्सी लत्ताकपडा राहत सहयोग संकलन भएको भट्टले बताए । संकलन भएको राहत पीडितसमक्ष वितरण गर्ने नेविसंघकानिरन्जन थापाले जानकारी दिए ।
राहत अभियानमा विद्यार्थी नेताहरू शुशिल भट्ट ,निरन्जन थापा, पबन थापा, सन्तोष गुरुङ ,लक्ष्मी सिलबवल, स्वेच्छा उप्रेती ईश्वर अधिकारी, सुबास घिमिरे लगायतको उपस्थिति थियो । यता नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले विज्ञप्ति जारी गरेर देशभरका नेविसंघलाई बाढीपहिरो र डुबान पीडितको उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका छन् । नेबि सघले देशभर राहत सकल अभियान सन्चालन गरेको छ ।





