प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल गर्ने


५ जेष्ठ २०८१, शनिबार ०८:२१ मा प्रकाशित

काठमाडौँ । संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्ने भएका छन् । 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार बेलुका नै विपक्षी दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेपनि अन्तिम समयमा स्थगित भएको थियो । आज प्रधानमन्त्रीको निमन्त्रणामा कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार जाने तयारीमा छन् । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले  नेताहरूको आन्तरिक व्यस्तताका कारण शुक्रबार बेलुका छलफल हुन नसकेको बताए । उनका अनुसार शनिबार बिहान साढे ८ बजे प्रधानमन्त्रीसँग भेटघाटको समय तय भएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here