सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित


१ जेष्ठ २०८१, मंगलवार १३:०९ मा प्रकाशित

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

“राष्ट्रपतिले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने नीति कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरेको छ। यसका साथै बैठकले आर्थिक वर्ष अगावै १६औँ पञ्चवर्षीय योजना परिमार्जनसहित पारित गर्ने निर्णय पनि गरेको छ,” उनले भनिन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबाट संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here