राष्ट्रपति पौडेलद्वारा सरकारको नीति तथा कार्यक्रम संसदमा पेश, के-के छन् नीति तथा कार्यक्रममा ?


१ जेष्ठ २०८१, मंगलवार १७:१२ मा प्रकाशित

काठमाडौँ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नुभएको हो। नीति तथा कार्यक्रममा सरकारले वित्त तथा मौद्रिक नीतिको समान्जश्य कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमश सुधार आएको बताएको छ ।

राष्ट्रपति पौडेलले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजश्यताले अर्थतन्त्रमा सुधार भएको बताउनु भयो । उहाँले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको बताउनु भयो । उहाँले मूल्यवृद्धिदर पनि घटेको बताउनु भयो।  उहाँले कानूनहरुमा सुधारगरी लगानीको वातावरणमा सुधार गरिएको बताउनु भयो ।

सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ । राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने बताउनु भयो ।

उहाँले प्रमुख खाद्यन्न तथा तरकारीमा आत्मनिर्भर हुने गरी कृषि क्षेत्रका कार्यक्रमहरुको पुनर्संरचना गरिने समेत बताउनु भयो । राष्ट्रपति पौडेलले कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहित गरिने नीति पनि सरकारले लिएको बताउनु भयो । सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।

५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने राष्ट्रपति पौडेलले बताउनु भयो । उहाँले सरकारले घोषणा गर्दै आएको भू-उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकार बीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने बताउनु भयो ।

उहाँले ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिंचाई सुविधा पुर्‍याउनेदेखि राष्ट्रिय गौरवका सिंचाईं परियोजना निर्माणमा जोड दिने बताउनु भयो । सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने भएको छ । राष्ट्रपति पौडेलले दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने बताउनु भयो । उहाँले डिजिटल साक्षरता विकास गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समूदायको सूचना प्रविधिमा पहुँच बिस्तार गर्ने बताउनु भयो । सरकारले आगामी दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ ।

सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवयेर सरकारी क्षेत्रबाट निर्माण गर्ने तथा देशमा विकसित सफ्टवयेरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिइने राष्ट्रपति पौडेलले बताउनु भयो । उहाँले सूचना प्रविधिलाई डिजिटल आधारको रुपमा लिइ सामाजिक आर्थिक रुपान्तरण गर्ने आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाइने बताउनु भयो ।

उहाँले सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रुपमा विकास गर्ने प्रोत्साहन गरी नेपाललाई ग्लोवल सूचना प्रविधि हपको रुपमा विकास गरिने बताउनु भयो । उहाँले काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त ठाउँहरुमा सूचना प्रविधि वर्क स्टेशन सञ्चालन गरी कम्तिमा पाँच हजार रोजगारी सिर्जना गरिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here