संघीय संसदअन्तर्गत आज संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने


१ जेष्ठ २०८१, मंगलवार ०८:४१ मा प्रकाशित

काठमाडौँ । संघीय संसदअन्तर्गत आज संयुक्त बैठक बस्दैछ । संयुक्त सदनको बैठक दिउँसो ३ बजे शुरु हुनेछ ।

आजको बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ ।

नीति तथा कार्यक्रममाथिको छलफल भने दुवै सदनमा छुट्टाछुट्टै हुनेछ । प्रतिनिधि सभामा जेठको ३,४,६,७,८ र ९ गते हुनेछ भने राष्ट्रिय सभामा जेठ ३,४ र ६ गते हुनेछ ।

साथै साँझ साढे ५ बजे राष्ट्रिय सभा र ६ बजे प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here