कांग्रेस संसदीय दलको बैठक स्थगित


२७ बैशाख २०८१, बिहीबार ११:३२ मा प्रकाशित

शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बस्ने भनिएको कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ ।

दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने भनिएको बैठक कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं  संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको संसदीय दलको कार्यालयले जनाएको छ ।

बिहीबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ । अब कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रबार बिहान ८ बजे र कांग्रेस संसदीय दलको बैठक शुक्रबार बिहान ८:३० बजे बानेश्वर स्थित संघीय संसद भवन ल्होत्से हलमा बस्ने छ । 

बैठकमा बजेट अधिवेशनको तयारी, सहकारीको अनियमितता प्रकरणमा संसदीय छानबिन समिति गठन लगायत विषयहरूमा छलफल गर्ने कांग्रेसको तयारी छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here