कोशी प्रदेश प्रमुखले सांसदहरूलाई सनाखत गर्न बोलाए, कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गरिने


२७ बैशाख २०८१, बिहीबार १३:१२ मा प्रकाशित
df]/ª, # c;f]h . sf]zL k|b]zsf d'VodGqL lxSdts'df/ sfsL{ a'waf/ d'VodGqL tyf dlGqkl/ifbsf] sfof{no lj/f6gu/sf] kl/;/df cfof]lht …;+ljwfg lbj;–@)*)Ú d"n ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/ M dgf]h bfxfn÷/f;;

कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले हिक्मत कार्कीलाई मुख्यमन्त्रीको दाबी पेश गरेका सांसदहरूलाई सनाखतका लागि बोलाएका छन् । एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री बनाउन माग गर्दै एमाले र माओवादीका ५२ सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए ।

ती सांसदहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय पत्रसहित सनाखतका लागि प्रदेश प्रमुख कार्यालयमा बोलाइएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी कुमार श्रेष्ठले जानकारी दिए । 

सांसदहरूको सनाखतपछि आजै कार्कीलाई  मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको तयारी छ । उनलाई आजै शपथ गराउने तयारी छ । 

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार नयाँ सरकार गठनका लागि शुक्रबार साँझ संविधानको धारा १६८ (५)बमोजिम दाबी पेश गर्न आह्वान गरेका थिए । 

कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री केदार कार्की भने सरकार गठनका लागि  प्रदेश प्रमुखले गरेको आह्वानविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्न पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here