झापाको बिर्तामोडमा एक महिला मृत फेला, चोरले रडले हिर्काएर हत्या गरेको आशंका


२६ बैशाख २०८१, बुधबार १३:५८ मा प्रकाशित

झापा । झापाको बिर्तामोड–४ मा एक वृद्धा घरमै मृत अवस्थामा फेला परेकी छन्।

६८ वर्षीया विष्णुमाया विष्टलाई गएराति चोरले रडले हिर्काएर हत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

उक्त घटनास्थलको निरीक्षण झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीसहितको टोली गरेको छ।

घटनास्थललाई अहिले प्रहरीले सुरक्षित राखेको छ। राति उनको घरमा चोर आएको र उनले गाउँलेलाई सहयोग मागेकी थिइन्।

गाउँलेले चोर आएको थाहा पाएपछि लेखेटेका थिए।

मृतक विष्टले चोरलाई पहिचान गरेको कारणले चोरले नै उनको हत्या गरेको हुनसक्ने स्थानीयबासीको अनुमान छ।

उनी राति अबेरसम्म छोरासँग कुरा गरेर बसेको बताइएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here