ट्याक्टर दुर्घटनामा ९ वर्षीय छात्रको मृत्यु, ८ विद्यार्थी घाइते


२६ बैशाख २०८१, बुधबार १५:२६ मा प्रकाशित

ताप्लेजुङ– ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन् ।

खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए ।

दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत ८ विद्यार्थी घाइते भएका छन्।

घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ।

दुर्घटनापछि चालक फरार रहेका छन्।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here