बिर्तामोड युनाइटेड एफसीले हात पार्यो तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधि


२३ बैशाख २०८१, आईतवार ०८:३९ मा प्रकाशित

बुुद्धशान्ति । बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधि बिर्तामोड युनाइटेड एफसीले हात पारेको छ ।

आदर्श युवा क्लबद्वारा आयोजित प्रतियोगितामा भारतको मानेभन्ज्याङ एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेडले उपाधि कब्जा गरेको हो । बिजेता बिर्तामोडले उपाधिसँगै नगद २ लाख रुपैंयाँ हात पार्याे । मानेभन्ज्याङले १ लाख रुपैयाँमा चित्त बुुझायो । यसअघिको खेलमा महत्वपूर्ण दुुई खेलाडी गुमाएको मानेभन्ज्याङले अपेक्षित प्रदर्शन गर्न नसक्दा उपाधि हात पार्न बञ्चित रहयो ।

खेलको ७ औं मिनेटमा बिर्तामोडका डिफेन्डर देबेन्द्र तामाङले गरेको हेडर मानेभन्ज्याङका गोलरक्षकको हातबाट रिवाउन्स भएको थियो । सो बललाई बिर्तामोडका अर्का डिफेन्डर बिशाल दर्जीले हेडमार्फत गोल गरेका थिए । खेलको २४ औ मिनेटमा बिर्तामोडले अग्रता दोब्बर पारेको थियो । अभिषेक गुरुङको क्रसपासलाई कप्तान आशिष चापागाईले गोल गर्न सफल भए । त्यसैगरी इन्ज्युरी समयमा चापागाईले नै बिपक्षी गोलरक्षकसँग वान टु वानको अवस्थामा गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा मानेभन्ज्याङका सौरभ तामाङले २० यार्डबाट गरेको कडा प्रहार बिर्तामोडका गोलरक्षक सन्दिप लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए । खेलको ४५ औं मिनेटमा मानेभन्ज्याङका स्ट्राइकर करण राईले डि बक्समा पाएको बललाई सदुपयोग गर्न सकेनन् । ५४ औं मिनेटमा सुरज रसाइलीले प्रहार गरेको फ्रिकिकलाई सौरभ तामाङले पोष्टमा प्रहार गरेको भएपनि गोलरक्षक बाधक बनेका थिए ।

खेलको प्लेयर अफ द म्याच बिजेता बिर्तामोड युनाइटेडका बिशाल दर्जी घोषित भए । उनले नगद तीन हजार रुपैंयाँ पुुरस्कार पाए ।

प्रतियोगितामा उदीयमान खेलाडी आयोजक आदर्श युवा क्लबका पुजन थापा, उत्कृष्ट स्ट्राइकर बिर्तामोडका आशिष चापागाईं, उत्कृष्ट डिफेन्डर मानेभन्ज्याङका बिरेन प्रधान, उत्कृष्ट मिडफिल्डर बिर्तामोडका योगेश गुरुङ, उत्कष्ट गोलरक्षक बिर्तामोडका सन्दिप लिम्बू, प्रतियोगिताको उत्कृष्ट खेलाडी बितामोडका देबेन्द्र तामाङ, उत्कृष्ट कोच बिर्तामोडका रमेश गुरुङ भए । उनीहरुले जनही नगद ५ हजार रुपैंयाँ पुुरस्कार पाए ।

प्रतियोगितामा भारतका दुुईसहित आठ टिमको सहभागिता रहेको थियो । बैशाख १५ गतेदेखि सुरु भएको प्रतियोगिताको आगामी संस्करणलाई पनि निरन्तरता दिने आयोजक समितिका खेल संयोजक मनेष दाहालले जानकारी दिए ।

एञ्जिलासहित खेलकर्मी सम्मानित

प्रतियोगिता समापनको अवसरमा अहिले उत्कृष्ट फर्ममा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टीमकी कप्तान एञ्जिला तुुम्बापोलाई नगदसहित सम्मान गरिएको थियो । उनलाई नगद २५ हजार रुपैंयाँ पुरस्कारसहित सम्मान गरिएको हो ।

मेची महाकाली धावन यात्रा पुरा गर्ने जिवनाथ अधिकारी, एन्फाको १३ बर्षमुनिको टिममा पर्न सफल भाइचुुङ शेर्पा, कराते तर्फ स्वर्ण पदकधारी एलिजा घिमिरे, रिले राष्ट्रिय दौडमा स्वर्ण पदकधारी चन्द्र पुलामी मगर, तेक्वान्दोतर्फ स्वर्ण पदकधारी रेष्मा भुजेल, स्व. रेफ्री लोकराज ढुुंगाना मरणोपरान्त, आदर्श युवा क्लबमा पूर्व खेलाडी तथा प्रशिक्षक स्व. विनोद गुरुङलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here