काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदैछ ।
उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ ।
यसअघि गत आईतवार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाई गर्न आदेश दिएको थियो ।
जिल्ला अदालत काठमाडौंको फैसलाबिरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।