गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद् चल्दैन : शेखर कोइराला


२२ बैशाख २०८१, शनिबार १७:०५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने बताएका छन् ।

बाँकेको कोहलपुरमा शनिबार आयोजित कांग्रेस बाँके क्षेत्र नं. १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले गृहमन्त्रीको राजीनामा नमागेर छानबिन समिति बनाउन माग गरेकोसमेत बताए ।

हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौं, संसदीय छानबिन बनाऔं, सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ । तर, संसदीय समिति बनाउन सरकार किन डराएको ? कोइरालाले भने ।

अर्को प्रसङ्गमा कोइरालाले चौतर्फी रूपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरूले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताए ।

निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here