बिर्तामोडमा दुई दिनमा चार जना हात्तीपाइलेका रोगी भेटिए


२० बैशाख २०८१, बिहीबार ०९:३६ मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा लगातार हात्तीपाइलेका रोगी भेटिन थालेका छन् । मंगलवार तीनजना हात्तीपाइले रोगी भेटिएको भोलिपल्ट बुधबार थप एकजना हात्तीपाइलेका रोगी फेला परेका हुन् ।

बुधबार बिर्तामोड वडा नं ६ मा थप एक महिलामा हात्तीपाइलेको लक्षण भेटिएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले बताए । त्यसको अघिल्लो दिन मंगलवार बिर्तामोडमा हात्तीपाइलेका तीनजना नयाँ रोगी भेटिएका थिए ।

बिर्तामोड नगरपालिकामा वडा नं ५ मा मंगलवार दुई पुरुष र एक महिलामा हात्तीपाइलेको लक्षण भेटिएको थियो । यसअघि गत वर्ष बिर्तामोडको वडा नं १ मा एकजनामा हात्तीपाइलेको लक्षण देखिएको थियो । योसंगै बिर्तामोडमा हात्तीपाइले रोगीको संख्या पाँच पुगेको छ ।

बिर्तामोडमा हात्तीपाइले र कुष्ठ रोगीको संख्या धेरै रहेको छ । त्यसकारण हात्तीपाइले रोग विरुद्धको अभियानमार्फत सबै नगरवासीहरुलाई अनिवार्य औषधि सेवन गर्न बिर्तामोड नगरपालिकाले आह्वान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here