‘गृहमन्त्रीको संलग्नतामा जिबी राईको हत्या भएको’ अभिव्यक्ति दिने डिल्लीराम खनाल पक्राउ


२० बैशाख २०८१, बिहीबार ०५:५६ मा प्रकाशित

सामाजिक सञ्जालबाट भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । उनलाई काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

खनालले जिबी राईको हत्या भएको र हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको अभिव्यक्ति दिएका थिए ।

जथाभावी अन्तर्वार्ता दिएर भ्रम फैलाएको आरोपमा मंगलबार पक्राउ परेका खनाललाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय खनाललाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here