इलामको रोङमा मारुती भ्यान दुर्घटना, चालकको मृत्यु


१९ बैशाख २०८१, बुधबार ०८:१३ मा प्रकाशित

झापा । इलामको रोङ गाउँपालिकामा मारुती भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुने व्यक्ति भ्यान चालक भएको पुष्टि भएको प्रहरीले जनाएको छ। भ्यान चालक इलाम देउमाई नगरपालिका ६ बस्ने वर्ष अन्दाजी २४–२५ का दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । घटनास्थलमा खोजतलास गर्दा इलाम नगरपालिका ५ बस्ने वर्ष अन्दाजी २५–२६ का विश्वास राई घाइते अबस्थामा फेला परेका हुन्।

शरीरको विभिन्न भागमा चोट, तत्काल बोल्न नसक्ने उनलाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ पठाइएको छ ।

दुर्घटनाका बारेमा गाडीधनी इलाम नगरपालिका ५ बिव्ल्याटे बस्ने याम श्रेष्ठमार्फत मृतक र घाइतेका आफन्तहरुलाई जानकारी गराइएको र गाडी घटनास्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले बताए।

इलामको रोङ गाउँपालिका ४ बाघखोरस्थित मेची राजमार्गमा आज बिहान अन्दाजी ५ बजेको समयमा झापाबाट इलामतर्फ जाँदै गरेको मे १ ज ३२६३ नं. को मारुती भ्यान अनियन्त्रित भइ बाटोबाट भीरमा खसेको थियो।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here