आज अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि मनाइँदै


१९ बैशाख २०८१, बुधबार ०७:५८ मा प्रकाशित

काठमाडौँ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि मनाइँदैछ ।

मजदुर सम्बन्धी अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ स्वतन्त्रलगायतका मजदुर संगठनले सभालगायतका विविध कार्यक्रम गरी मनाइँदैछ ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक अर्थात मजदुर दिवस मनाइन्छ । सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो ।

सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here