सीमावर्ती झापा गाउँपालिकामा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गोली


१७ बैशाख २०८१, सोमबार २१:१५ मा प्रकाशित
सांकेतिक तस्बिर

झापा । सीमावर्ती झापा गाउँपालिकामा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।

आज साँझ ६ बजेको समयमा झापा गाउँपालिका वडा नं. ३ कामाटोली बजारस्थित अक्कलबहादुर विश्वकर्माको घरको तेस्रो तल्लामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापा गाउँपालिका वडा नं. ४ खैरबारी बस्ने २५ वर्षीय सरिफुल आलमलाई नियन्त्रणमा लिन खोज्दा उनले आफ्नो साथमा रहेको दाउ र खुकुरीबाट प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए ।

प्रतिरक्षास्वरुप प्रहरीले गोली चलाउँदा उनको बाँया खुट्टाको तिघ्रा र पिडुलामा २ राउण्ड गोली लागेको थियो ।

घाइते भएका मियालाई नियन्त्रणमा लिने क्रममा उनको साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, एक थान दाउ र एक थान खुकुरी बरामद भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here