झापाको शिवसताक्षीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु


१२ बैशाख २०८१, बुधबार ०७:३३ मा प्रकाशित

झापा । झापाको शिवसताक्षीमा आज बिहान भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ ।

बिहान ५ः३० बजेको समयमा शिवसताक्षी ८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे३प ५००१ नं को १५० सीसीको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको प्र १–०१–००१ च ९३२९ नं को बोलेरो एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

मोटरसाइकलमा सवार तीन जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको र एकजनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ ।

मृतकको तत्काल नाम थर वतन खुल्न सकेको छैन । दुईजना अन्दाजी २५ वर्षका र एकजना १६ वर्षको रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल, बोलेरो, बोलेरो चालक मेचीनगर ६ बस्ने ४५ वर्षीय ऋषिराज गिरी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here