चलचित्र ‘नमेटिने घाउ’ मा ओलीको अभिनयसँगै सकियो चलचित्रको छायांकन


११ बैशाख २०८१, मंगलवार १८:०१ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’ छायांकन शुरु गर्नुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा अध्यक्ष ओलीले चलचित्रको सुटिङ शुरु गर्नुभएको हो ।

फिल्ममा अध्यक्ष ओलीको भुमिका प्रधानमन्त्रीको रहेको छ । चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । फिल्म अभिनेता रमित ढुङ्गाना हुनुहुन्छ । केही दिनअघि मात्रै फिल्ममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि अभिनय गर्नुभएको थियो ।

छायांकनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै फिल्म निर्देशक रमित ढुंगानाले चलचित्रमा ६५ जना कलाकारहरु रहेको बताउनु भयो ।

उहाँले आज अध्यक्ष ओलीले अभिनय गरेसँगै ५१ औं दिनमा चलचित्रको छायांकन समेत सकिएको बताउनु भयो ।

सामाजिक कथावस्तुमा आधारित फिल्म पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती र भक्तपुरमा छायांकन भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here