जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु


७ बैशाख २०८१, शुक्रबार १०:२५ मा प्रकाशित

काठमाडौँ । दोलखाबाट विवाह लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । 

शुक्रबार बिहान भिमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतिबाट छुटेको बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । 

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको उक्त जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

घटनास्थल पुगेको प्रहरी टोलीका अनुसार दुर्घटनामा ३२ जना घाइते भएका छन् । पाँच जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई अस्पताल लगिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here