भारतको १८औँ लोकसभाका लागि पहिलो चरणको मतदान जारी


७ बैशाख २०८१, शुक्रबार १०:२२ मा प्रकाशित

काठमाडौँ । भारतको १८औँ लोकसभाका लागि आज पहिलो चरणको मतदान भइरहेको छ। पहिलो चरणअन्तर्गत आज २१ राज्यको १०२ सिटमा मतदान भइरहेको हो। 

मतदान साँझ ६ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा अरुणाचल प्रदेश (६० सिट) र सिक्किम (३२ सिट)मा पनि विधानसभा चुनाव हुँदैछ । कुल संसदीय क्षेत्रको १९ प्रतिशत सिटमा मतदान भइरहेको छ । शुक्रबार सुरु भएको निर्वाचन ४४ दिनसम्म अर्थात् जुन १ सम्म चल्नेछ । चार जुनमा नतिजा घोषणा हुनेछ ।

दक्षिण भारतीय अभिनेता रजनीकान्तले तमिलनाडुको चेन्नईमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । लोकसभा चुनावको लागि जारी मतदान बीचमा पश्चिम बंगालको चन्दमारी, कुचबिहारमा मतदान केन्द्रको अगाडि ढुङ्गा हानाहान भएको छ ।

चन्दमारीमा मतदाताहरूलाई रोक्न टीएमसी कार्यकर्ताहरूले ढुङ्गा हानेको आरोप बीजेपीले आरोप लगाएको छ । यस घटनामा भाजपाका पोलिंग एजेन्ट घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here