वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज मतपत्र पठाइने


५ बैशाख २०८१, बुधबार ०९:५७ मा प्रकाशित

झापा । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज मतपत्र पठाइने भएको छ।

छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम–२ का लागि एक लाख २८ हजार र बझाङ– १ (१)का लागि ६८ हजार मतपत्र छापिएको छ । इलाम–२ मा १९ र बझाङ–१ (१) मा ११ उम्मेदवार छन् ।

इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम भएका छन् । बझाङमा ६१ हजार ७४ मतदाता छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here