दुईवटै दाह्रा काटिएको अवस्थामा हात्ती मृत फेला


४ बैशाख २०८१, मंगलवार २१:०६ मा प्रकाशित

झापा । झापाको मेचीनगरमा दुवै दाह्रा काटिएको अवस्थामा एउटा हात्ती मृत फेला परेको छ ।

मेचीनगर नगरपालिका– १२ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।

स्थानीयबासीले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो ।

मृत भेटिएको हात्तीको नजिकै अर्को हात्ती रहेकोले प्रहरी र वन टोली नजिकै पुग्न सकिरहेको छैन । मृत हात्तीलाई सुरक्षा दिन प्रहरी र वन कर्मचारी खटाइसकेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here