वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतलाई झापामा पाँच लाख रुपैयाँको पुरस्कार


४ बैशाख २०८१, मंगलवार २०:४८ मा प्रकाशित

झापा । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ ।

रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार मंगलबार एक समारोहकाबीच कोशी प्रदेशप्रमुख परशुराम खापुङले डा. रुइतलाई हस्तान्तरण गरे । पुरस्कारको राशी पाँच लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी यस वर्षको ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ झापाका बुद्धशान्ति गाउँपालिका–१ डुम्रीबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिएको छ । उनलाई एक लाख एक हजार एक सय ११ पुरस्कार राशी तथा सम्मानपत्रसहित प्रदेश प्रमुख खापुङले प्रदान गरे ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले मानव हित, सकारात्मक समाजिक विकासमा उल्लेख्य योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए । आँखाको उपचारका क्षेत्रमा उल्लेख्य योगदान गरेकाले डा. रुइतलाई सम्मान गरिएको उनले बताए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here