चितवन । चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ७ मा जंगली हात्तीले आक्रमण स्थानिय ६२ बर्षका कान्छो दराईको मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट कामको लागि सौराहा जाने क्रममा बिहान बाघमारा सामुदायिक वनको चौर नजिक उनलाई हात्तीले आक्रमण गरेको थियो ।
उनको शव सडकबाट ५० मिटरभित्र जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए । दराईलाई हात्तीले घिर्सादै जंगलमा लगेको प्रहरीले जनाएको छ ।





