दीपेन्द्र बने एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी


१ बैशाख २०८१, शनिबार १८:४३ मा प्रकाशित

नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी बनेका छन्। शनिबार एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्ध भएको खेलमा ऐरीले एकै ओभरमा ६ छक्का हिर्काएका हुन्। 

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले कतारविरुद्ध २ सय १० रन हानेको छ। सो खेलको अन्तिम ओभरमा ऐरी एक्लैले लगातार ५ छक्का हानेका हुन्। 

यसअघि उनले मंगोलिविरुद्ध दुई फरक ओभरमा ६ छक्का हानेका थिए। एकै ओभरमा भने यो पहिलोपटक हो। 

२१ बल खेलेका उनले ३ चौका र ७ छक्कासहित सर्वाधिक ६४ रन जोडे। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here