देशमा राजनीतिक विकृति बढ्यो : राजेन्द्र लिङ्देन


२९ चैत्र २०८०, बिहीबार १८:४१ मा प्रकाशित

काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक विकृत बढेको बताएका छन्। 

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राजनीतिलाई व्यवसाय बनाउने र पैसा कमाउने माध्यमको रूपमा बुझ्दा विकृतजस्तो भएको प्रस्ट्याए। 

उनले राजनीति भन्ने बित्तिकै ओढ्ने ओछ्याउने व्यवसाय, छोराछोरी पाल्ने पेसाजस्तो मानिराखेको र राजनीति गर्ने मान्छेसँग डराउने अवस्था आएको बताए। राजनीतिक लेखपढले मात्रै नहुने उनको भनाइ छ।

राजनीतिलाई पेसा नभई सेवाको रूपमा अवलम्वन गर्ने अग्रजहरूप्रति सम्मान रहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here