काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा पार्टीको भूमिकाबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
बैठक सभापति देउवाको निवासमा सोमबार विहान ८ बजे बस्दैछ । बैठकमा सहभागिताका लागि वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाइएको उनको सचिवालयले जनाएको छ ।
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेको भन्दै त्यसबारे छलफल गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध सिर्जना गर्दै आएको छ ।
कांग्रेसको अवरोधका कारण गृहमन्त्री लामिछानेले संसद्मा सम्बोधन गर्न पाएका छैनन् ।