युक्रेनमा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु


३१ असार २०७६, मंगलवार १२:३६ मा प्रकाशित

युक्रेन । युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

युक्रेन सरकारले उक्त घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरी प्रवक्ता इल्भिरा बिगानोभाले दुर्घटनाको कारण अझै खुल्न बाँकी रहेको जानकारी दिए । उक्त हेलिकप्टर जमिनमा औषधि छर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो ।

यसै महिनाको शुरुमा पनि एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक व्यक्ति घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here