नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायीहरुसँग उपसभामुखको आह्वान


२२ चैत्र २०८०, बिहीबार १२:११ मा प्रकाशित

उपसभामुख इन्दिरा रानाले नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायीहरुसँग आह्वान गर्नुभएको छ ।

बुधवार साँझ काठमाडौंमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशनको ३४ औं वार्षिक साधारण सभा तथा ११ औं महाधिवेशनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो ।

उहाँले निजी क्षेत्रले नेपालमा कमाएर विदेशमा लगानी गर्ने भन्दा मेरो देश आफैँ बनाउँछु भन्ने नारासहित नेपालमै लगानी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली खानेकुराहरुलाई ब्राण्डिङ गरी विश्वमा पु¥याउनसके नेपाली युवाहरुलाई धेरै भन्दा धेरै रोजगारी दिन सकिने बताउनु भयो ।

उहाँले होटल तथा रेष्टुरेण्टहरुमा बढी भन्दा बढी अग्र्यानिक खानेकुराको प्रयोग गर्न आग्रह गर्नुभयो । उपसभामुख रानाले निजी क्षेत्रको काम गराइले सरकार पनि बाध्य भएर देश विकासका लागि काम गर्ने हुटहुटी हुनेगरी निजी क्षेत्र देश विकासमा लाग्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा रेष्टुरेण्ट तथा बार एशोसिएशन नेपाल (रेबान) का नवनिर्वाचित अध्यक्ष संघर्ष बिष्टले रेबानको विधान

संशोधन गरी रेबानलाई देशभर फैल्याउने योजना रहेको बताउनु भयो ।

उहाँले रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अहिले ६/७ वटा जिल्लामा मात्रै सिमित रहेको भन्दै देशभर फैल्याउनका लागि नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संघ संस्थाहरुसँग् सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले रेबान बलियो भए अन्य निजी संघसंस्थाहरु बलियो हुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here