झापाको बाह्रदशी १ मा श्रीमानद्वारा खुकुरी प्रहार गरी श्रीमतीको हत्या


२२ चैत्र २०८०, बिहीबार १०:१६ मा प्रकाशित

झापा । झापाको बाह्रदशी १ मा बिहीबार बिहान श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बिहान ६.३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन् ।

घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय राजगढका सई राजेन्द्र शर्माले बताए । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए ।

उनी विदामा चार दिनअघि मात्र घर आएका थिए । श्रीमती अर्कै व्यक्तिसंग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको बताइएको छ ।

मृतक दिव्यज्योति मावि राजगढमा शिक्षण पेशामा आवद्ध रहेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here