विश्वासको मत लिन नसकेपछि गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा


२१ चैत्र २०८०, बुधबार ११:०९ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। विश्वासको मत लिन नसक्ने भएपछि उनले पदबाट राजीनामा दिएका हुन्। सत्ता गठबन्धनमा उलटपुलट आएपछि माओवादी केन्द्रले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

केहीबेर पछि उनले प्रदेश प्रमुख डिल्लीराज भट्टराईसमक्ष राजीनामा बुझाउँदैछन्।

मुख्यमन्त्री पाण्डलेले बिहीबार (भोलि)सम्म विश्वासको मत लिनुपर्ने थियो। विश्वासको मत लिने वातावरण नभएपछि उनी राजीनामा दिने मनस्थितिमा पुगेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here