काठमाण्डौका विद्यालयले सात दिनभित्र नेपालीपन झल्कने नाम नराखे भर्ना अभियान रोक्ने महानगरको चेतावनी


२१ चैत्र २०८०, बुधबार ११:०१ मा प्रकाशित

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ । महानगरले आज सूचना निकालेर आफ्नो मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो ।

महानगरले शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको भन्दै मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने बताएको हो ।

महानगरले विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन पनि निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here