बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव छैनः पूर्वप्रधानमन्त्री खनाल


२० चैत्र २०८०, मंगलवार १६:२५ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव नहुने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले क्रान्ति बालुवाटार र संसदबाट मात्रै सम्भव नरहेको जिकिर गर्दै क्रान्तिका लागि सबैभन्दा ठूलो माध्यम सडक रहेको बताउनु भयो ।

उहाँले सडकबाट जनताका आवाजहरु बुलन्द गरी एकत्रित बनाएर आन्दोलित हुन जरुरी रहेको बताउनु भयो । उहाँले सदन र सडकलाई सँगसँगै उपयोग गरेमात्रै समाजवादी क्रान्ति सम्भव हुने बताउनु भयो ।

उहाँले जनताको इच्छालाई बुझेर एकतावद्ध गरी आन्दोलित गर्ने कामहरु नगरीकन नेपाली विशेषताको समाजवाद आउन नसक्ने बतउनु भयो ।

उहाँले अहिलेको सरकार विचार मिल्नेहरुको सरकार भएकाले प्रगतिशिल नीतिका कार्यक्रमहरु अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भ्रष्टाचारलाई उन्मुलन गर्न सरकारले आवश्यक पहल गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here