नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु हुँदैनः अध्यक्ष नेपाल


२० चैत्र २०८०, मंगलवार १६:५२ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु नहुने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पैसा हुनेले निर्वाचन जित्ने परिपाटी विकास भएको भन्दै निर्वाचनको यस किसिमको विकृतिलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपालमा प्रत्यक्ष कार्यकारी आउँदा देशको सबै गहना लुटेर लग्ने जिकिर गर्नुभयो । उहाँले नेपाली राजनीतिक कर्मीहरुहको आचरण सही नभएको ठहर गर्दै नराम्रो मानिस कार्यकारी भएको खण्डमा देशका लागि राम्रो हुन नसक्ने जिकिर गर्नुभयो ।

उहाँले अहिलेको अवस्थामा संविधान सबै काम गर्नका लागि बाधक नभइ सहयोगी रहेको जिकिर गर्नुभयो । उहाँले केही भएका कमीलाई संशोधन गरेर जान सकिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here