किशोर किशोरीहरु साइबर हिंसाको उच्च जोखिममा


२० चैत्र २०८०, मंगलवार १०:४० मा प्रकाशित

काठमाण्डौ । १९ वर्ष मुनीका किशोर किशोरीहरु साइबर हिंसाको उच्च जोखिममा रहेको पाइएको छ  । इन्टरनेटको माध्यमबाट चल्ने सामाजिक सञ्जालसहितका अन्य विभिन्न माध्यमबाट किशोर किशोरीहरु साइबर हिंसाको सिकार हुने गरेको पाइएको हो ।

संवाहिका समाज नेपाल नामको संस्थाले काठमाण्डौमा हिजो आयोजना गरेको साइबर हिंसा नियन्त्रण सम्बन्धी कार्यशालामा किशोर किशोरीहरुले आफूले भोगेका  साइबर हिंसाका अनुभव सुनाएका हुन् । कार्यक्रममा  सिद्धि गणेश उच्चमाविका प्राचार्य केशव भण्डारीले हातहातमा पुगेको स्मार्ट फोनले सुविधासँगै साइबर हिंसाको पीडा किशोर किशोरीहरुलाई दिने गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दिपककुमार वस्तीले साइबर हिंसा र त्यसबाट जोगिने उपायका बारेमा किशोर किशोरीलाई सचेत गराउनुभयो । सकेसम्म कसैले पठाएका अनलाइन लिङ्कहरुमा क्लिक नगर्न र अपरिचितले पठाएका कुनै पनि सन्देशहरुको जवाफ नदिन उहाँको सुझाव छ ।

आफूलाई परेको समस्या कोही नजिकका आफन्त वा साथीभाइसँग भन्नुपर्ने भन्दै उहाँँले यसले किशोर किशोरीमा हुने मानसिक तनाव कम हुने र कानुनी उपचारको बाटोमा जान सहज हुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here