आयरल्यान्ड ‘ए’ माथि नेपाल ‘ए’ को तीन रनको रोमाञ्चक जित


१९ चैत्र २०८०, सोमबार १७:४६ मा प्रकाशित

काठमाण्डाै – तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ लाई ३ रनले हराएको छ । अन्तिम बलमा जितका लागि ५ रन चाहिएको अवस्थामा बाईमार्फत १ रनमात्र ल्याउन सकेपछि आयरल्यान्ड ‘ए’ माथि नेपालले रोमाञ्चक जित निकालेको हो ।

नेपाल ‘ए’ ले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनायो । आयरल्यान्ड ‘ए’ का ग्यारेथ डेलनीले ६८, मर्गन टपिङले ६० रन बनाए । नेपाल ‘ए’ का विपिन खत्रीले ३ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर दुई सय १३ रन बनायो । नेपालका आरिफ शेखले ४८ बलमा अविजित सर्वाधिक ९३ रन बनाए । रशिद खान १२ बलमा २४ रन बनाएर आउट भए । त्यस्तै कमलसिंह ऐरी १९ रनमा अविजित रहे ।

यो जितसँगै नेपाल शृङ्खला ‘क्लिन स्वीप’ हुनबाट जोडिएको छ । आयरल्यान्ड ‘ए’ ले यसअघि नै शृङ्खला जितिसकेको छ । नेपालले शुरुवाती २ खेलमा हार बेहोरको थियो ।

अब यी दुई टोलीबीच पर्सि बुधवारदेखि ३ खेलको एकदिवसीय शृङ्खला शुरु हुनेछ । एकदिवसीय शृङ्खला त्रिवि क्रिकेट मैदानमै हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here