जंगली हात्तीको आक्रमणबाट झापामा फेरि एक महिलाको मृत्यु


१७ चैत्र २०८०, शनिबार ०८:४८ मा प्रकाशित

झापा । जंगली हात्तीको आक्रमणबाट झापामा फेरि एक जनाको मृत्यु भएको छ ।

गएराति झापाको कमल गाउँपालिका ५ बाह्रकोठेमा एक महिलाको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

विगत तीन दिनमा हात्तीको आक्रमणबाट झापामा दुई जनाको ज्यान गएको छ ।

हात्तीले आक्रमण गर्दा कमल गाउँपालिका ५ बाह्रकोठेकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

छिमेकी पवित्रा बेघाको त्रिपालको छाना, टाटीको बेरा भएको भुइँतले झुप्रो घरमा सुतिरहेको अवस्थामा राति ११.५० बजेको समयमा एक्कासी जंगली हात्ती आएर घर भत्काउँदै गर्दा निस्केर भाग्ने क्रममा खड्गमायालाई हात्तीले आक्रमण गरेको थियो ।

बुधवार जंगली हात्तीले शिवसताक्षी ११ का भेट्वाल दम्पत्तीलाई आक्रमण गर्दा श्रीमती ६० वर्षीया पवित्रा भेट्वालको मृत्यु भएको थियो भने श्रीमान् ६२ वर्षीय दिलिप भेट्वाल गंभीर घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here