दोहा उडेको नेवानिको जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काइयो


१६ चैत्र २०८०, शुक्रबार १२:४५ मा प्रकाशित

बिहीबार राति काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वाइडबडी ए-३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाज काठमाडौं फिर्ता ल्याइएको हो ।

जहाज रातको करिब ३ बजे काठमाडौंमा अवतरण गरेको थियो ।

निगमको काठमाडौं रात्री बिसान गरेको अर्को जहाज नाइनएन–एएलजेडले सो जहाजका यात्रु लिएर उडेको प्रवक्ता झाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here