१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न


१२ चैत्र २०८०, सोमबार १०:५० मा प्रकाशित

१५ दिने ऐतिहासिक मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको छ ।

फागुन प्रतिपदामा शुरू भएको परिक्रमा आज जनकपुरधामको अन्तरगृह परिक्रमासँगै सकिएको हो ।

आईतवार जनकपुर आइपुगेको परिक्रमा टोली राति जनकपुरधाममै विश्राम गरी आज अन्तरगृह परिक्रमा गरेको हो ।

जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा बास बस्ने गर्दछन् ।

साधु सन्त, महन्थ र श्रद्धालुहरू राम–जानकीको डोला लिएर जनकपुरधामको अन्तरगृह परिक्रमा गरेका थिए ।

अन्तरगृह परिक्रमाको दूरी ५ कोष रहेको छ । त्यसैले यसलाई ‘पञ्चकोशी परिक्रमा’ पनि भन्ने गरिन्छ ।

मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरको हनुमान नगर, बिहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय ३३ किलो मिटर भू–भागको पदयात्रा गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here