होली खेलेर सुनकोशी नदीमा नुहाउनेक्रममा तीन बालबालिका बेपत्ता


१२ चैत्र २०८०, सोमबार ०७:५६ मा प्रकाशित

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हिजो होली खेलेर नुहाउन नदीमा जाँदा त्रियुगा –१४ साउनेका ११  वर्षीया रेखा मगर, ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर बेपत्ता भएका हुन् ।

उनीहरु हिजो दिउँसो होली खेलेर सुनकोशी नदीमा नुहाउनेक्रममा बेपत्ता भएका हुन । पाँचजना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुईजना चाहिँ निक्लन सफल भएका थिए ।

सुनकोशीमा बेपत्ता भएका बालबालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here