मधेशमा मन्त्रिपरिषद् विस्तार, ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ


१० चैत्र २०८०, शनिबार १८:१२ मा प्रकाशित

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शनिवार मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेशमा पनि सत्ता समीकरण परिवर्तन भएको हो ।

नेकपा (एमाले) को कोटाबाट तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा गएका हुन् ।

नवनियुक्त मन्त्रीहरूमा राजकुमार लेखी गृह, सञ्चार तथा कानून मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रमोदकुमार जयसवालले शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गरेका छन् । साथै केशव रायले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख भण्डारीबाट शनिवार नै पद तथा गोपनीयताको शपथ लिएका छन् भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ लिएका छन् ।

गत सोमवार एमाले संसदीय दलका नेता सरोजकुमार यादव (महोत्तरी)लाई मन्त्री बनाउँदै मुख्यमन्त्री यादवले कांग्रेससँग रहेको सत्ता समीकरण फेरेका थिए ।

शनिवार मन्त्री बनेका जयसवाल पर्साबाट स्वतन्त्र जितेका प्रदेश सांसद हुन् । उनले शनिवार नै एमाले प्रवेश गरेर मन्त्री पद लिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here